लोपोन्मुख २९ भाषाको संरक्षण गरिने


 


काठमाडौँ, माघ ११
भाषा आयोगले लोपोन्मुख चेपाङ, कुसुन्डा, दुरालगायत २९ भाषाको संरक्षण गर्ने भएको छ ।

आयोगले केही मानिसले बोल्ने तर प्रचलनमा नरहेका यस्ता भाषा लोप हुने खतरा रहेकाले तीनलाई बचाउनका लागि काम प्रारम्भ गर्न लागेको हो ।

आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषालाई मानव सभ्यताको निधिका रुपमा लिनुपर्ने बताउँदै मुलुकभित्र प्रचलनमा रहेर पनि जनजीवनको बोलीचालीमा आउन नसकेका भाषाको खोजी र संरक्षण गर्ने नीति रहेको जानकारी दिनुभयो ।

सिमान्तकृत तथा पिछडिएका केही वर्ग तथा समुदायको भाषा र संस्कृतिमा अन्यको प्रभाव बढ्दै गएको छ ।

कुनै पनि भाषाको विकासक्रमको इतिहास हेर्दा लामो समयदेखि पूर्वजले कुनै प्रचलन तथा अभ्यासलाई आधार बनाएको पाइन्छ । संविधानको धारा २८७ अनुसार उक्त आयोग गठन गरिएको थियो ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्