अन्ततः कोमल ओलीले मुख खोलिन्, हेर्नुहोस् के भनिन् ?


 


काठमाडौं, माघ ११
पूर्व सञ्चारकर्मी एंव चर्चित गायिका कोमल ओलीलाई नेकपा (एमाले) ले राष्ट्रियसभको उम्मेदवार बनाएपछि सामाजिक सञ्जालमा चर्काे विरोध भयो ।

केही महिना अघि एमाले प्रवेश गरेकी ओली दाङबाट प्रत्यक्ष चुनाव लड्न चाहन्थिन् । तर उनले प्रत्यक्ष उम्मेदवारको टिकट पाइनन् ।

समानुपातिकको सूचीमा पनि नपरेकी ओलीलाई एमालेले राष्ट्रियसभको उम्मेदवार बनायोे । प्रदेश नं ५ बाट महिला सदस्य उम्मेदवार रहेकी ओली निर्विरोध निर्वाचित समेत भइसकेकी छिन् ।

सामाजिक सञ्जाल उनको विरोध र समर्थनमा देखिएको छ । यहीबेला सामाजिक सञ्जाल फेसबुक मार्फत बिहिबार बिहान ओलीले आफ्नो आलोचनको यसरी जवाफ दिएकी छिन् ।

म नेकपा एमाले र वाम गठवन्धनको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारको रुपमा उभिएको छु । पार्टीका आदरणीय नेताहरुले मलाई विश्वास गर्नुभएको छ, त्यो विश्वासलाई जीवित राख्ने चुनौती मेरो अगाडि छ ।

पार्टीले मलाई इज्जत दिएको छ, अब आफ्ना नेता तथा कार्यकर्ता, जनता र देशलाई त्यो भन्दा बढी इज्जत र सम्मान गर्ने जिम्मेवारी मेरो काँधमा छ ।

म यो चुनौती स्वीकार गर्छु र त्यसका लागि योग्य ठान्ने सबै श्रद्धेय नेतागणहरु तथा समस्त पार्टी पंक्तिलाई नमन गर्न चाहन्छु ।

तर, यो अवसर मैले चिट्ठामा पाएको होइन । बरु यो त एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर दिएको यो एउटा जिम्मेवारी हो ।

किनकी मलाई राम्रोसंग जानकारी छ, कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने म दुनियाँको पहिलो वा अन्तिम पात्र होइन । ८० को दशकमा अमेरिकी राष्ट्रपतिको रुपमा दुनियाँमा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमी राजनीति थिएन ।

लामो समय रेडियोमा काम गरेका उनले हलिउडको फिल्मी क्षेत्रमा समेत आफ्नो विशिष्ट स्थान बनाएका थिए । उनी रेडियकर्मी थिए, एउटा कलाकार थिए ।

त्यही कारणले उनको दल र त्यहाँका जनताले राजनीतिक रुपमा अयोग्य भनेनन् । बरु, उनको क्ष्ँमतालाई राष्ट्रका लागि प्रयोग गर्ने बाटो रोजे ।

म सचिन तेण्डुलकरको नाम पनि यहाँ उल्लेख गर्न चाहन्छु । राजनीतिमा सचिनको भुमिका के थियो भनेर कसैले सोध्यो भने स्वयम सचिनसँग पनि यसको जवाफ नहोला ।

तर उनलाई त्यहाँको राजनीतिक व्यवस्थाले सांसद बनाएको छ । उनी अहिले पनि त्यहाँको माथिल्लो सदन राज्यसभाका बहालवाला सांसद् हुन ।

खेलाडी मात्र किन ?  सिनेक्षेत्रमा ख्याती कमाएकी जया प्रदा, जया वच्चन, रेखा, सवाना आजमीजस्ता कलाकारहरुलाई पनि त्यहाँका राजनीतिक दल र जनताले संसदमा पुर्याएका छन् ।

जावेद अख्तरजस्ता गीतकारले पनि सांसदको रुपमा देशको सेवा गर्ने अवसर पाएका छन् । अझ टेलिसिरियिलमा प्रशस्त नाम कमाएकी हाम्रै उमेरकी स्मृति इरानीलाई नरेन्द्र मोदीको भाजपाले कांग्रेसका राहुल गान्धीविरुद्ध उठाएको थियो ।

उनले चुनाव हारिन्, तर उनको साहसलाई कदर गरेर भाजपाले उनलाई राज्यसभामा निर्वाचित गराएको छ । उनी अहिले भारतको मन्त्री पनि भएकी छिन् ।

के त्यसले भारतको लोकतन्त्र कमजोर भएको छ रु के त्यहाँको राजनीतिक दलको प्रतिष्ठा गुमेको छ रु म त भन्छु, त्यसले महिलाको आवाज बलियो भएको छ । कलाक्षेत्रको सम्मान बढेको छ ।

हामीकहाँ पनि आज एउटी नारीको आवाजलाई, एउटी कलाकारको संगीतलाई र एउटा सचेत नागरिकको इच्छाशक्तिलाई आज हाम्रो पार्टीले सम्मान गरेको छ, त्यसले हाम्रो राजनीतिलाई बलियो बनाउनेछ ।

नेताहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुभएको छ । कार्यकर्ता तथा जनप्रतिनिधिहरुले अब २४ माघमा मतदान गरेर आफ्नो जिम्मेवारी पुरा गर्नुहुनेछ ।

त्यसपछि मेरो जिम्मेवारीको यात्रा सुरु हुनेछ । मैले पूर्ण इमान र अनुशासनका साथ आफ्नो जिम्मेवारी पुरा गर्नेछु । यो निर्णय गर्ने नेताहरुको र त्यसलाई समर्थन गर्ने कार्यकर्ता तथा जनताको शीर निहुरिन दिने छैन । यो मेरो वाचा हो ।

यो वाचामा विश्वास गर्न, यो प्रदेशलगायत देशैभरी वाम गठवन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन म सम्पूर्ण मतदाता जनप्रतिनिधिहरुलाई हार्दिक आग्रह गर्दछु ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्