राष्ट्रियसभा निर्वाचनको मतपत्र चार प्रकारको, कसरी गर्ने मतदान ?


 



काठमाडौ, माघ ११
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतपत्र दुई रंगका बनाउने भएको छ । आयोगका अनुसार प्रदेश सभा सदस्यका लागि एउटा रंगको हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि अर्को रंगको मतपत्र हुनेछ । नयाँ पत्रिकामा खबर छ ।

उनीहरूको मतभार फरक भएकाले रंग फरक बनाइएको हो । आयोगले मतपत्र भने चार प्रकारका हुने जनाएको छ । खुला सदस्य, महिला सदस्य, दलित सदस्य र अपांग वा अल्पसंख्यकमा गरी चार प्रकारका मतपत्र बनाउन लागिएको हो ।

मतपत्रमा उम्मेदवारको नाम
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्रमा राष्ट्रिय सभाका उम्मेदवारको नाम हुनेछ । पार्टीको निर्वाचन चिह्न र उम्मेदवारको क्रमसंख्या पनि हुनेछ ।

एकल संक्रमणीय प्रणालीमा मतदान हुने सदस्यका लागि मतदाताले पहिलो, दोस्रो र तेस्रो गरी प्राथमिकता तोकेर मतदान गर्नुपर्नेछ । र, त्यसै आधारमा मत सर्छ ।

उम्मेदवारको प्राथमिकता भने दल आफैँले तोकेर आफ्ना मतदातालाई मतदान गर्न भन्नेछ । आयोगको मतपत्रमा क्रमशः कांग्रेस, एमाले र माओवादीका उम्मेदवारको नामको वर्णानुक्रमअनुसार हुनेछ ।

मतपत्रको दाहिनेतर्फ उम्मेदवारको प्राथमिकता तोक्ने एउटा कोठा हुनेछ । उक्त कोठामा उम्मेदवारले नेपाली अंकमा उम्मेदवारलाई प्राथमिकता अंक १, २ र ३ लेख्नुपर्नेछ ।

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्