प्रदेश मन्त्रालयमा दरबन्दी स्वीकृत, कुन मन्त्रालयमा कति कर्मचारी ? 


 



काठमाडौं, माघ ११
सरकारले प्रदेशमा सात मन्त्रालय रहने गरी अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार मुख्यमन्त्रीको कार्यालयसहित संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो।

पछि प्रदेशसभाले यसमा थपघट गर्न सक्ने संवैधानिक व्यवस्था छ। आजको अन्नपूर्णमा खबर छ ।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभा सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित कुल संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेकाले पछि थपघट हुन सक्ने भएको हो।

 

कुन मन्त्रालयमा कति कर्मचारी ?
१.मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

मुख्यमन्त्री, सचिवसहित २१ कर्मचारी, जिम्मेवारी : २३ वटा

२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय

मन्त्री, सचिवसहित ४१ कर्मचारी, जिम्मेवारी : ४१ वटा

३. आर्थिक मामिला तथा योजना मन्त्रालय

मन्त्री, सचिवसहित १८ कर्मचारी, जिम्मेवारी : २४ वटा

४. भौतिक पूर्वाधार विकास मन्त्रालय

मन्त्री, सचिवसहित २४ कर्मचारी, जिम्मेवारी : २२ वटा
५. सामाजिक विकास मन्त्रालय

मन्त्री, सचिवसहित ३० कर्मचारी, जिम्मेवारी : ५८ वटा

६ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय

मन्त्री, सचिवसहित २९ कर्मचारी, जिम्मेवारी : ६२ वटा

७ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

मन्त्री, सचिवसहित २९ कर्मचारी, जिम्मेवारी : ३२ वटा

८. प्रदेशसभा सचिवालय
सचिव नेतृत्वमा २७ कर्मचारी

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्