प्रदेश प्रमुख सचिव तोकियो, कुन प्रदेशमा को ?


 



काठमाडौं, माघ ११
सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ ।

कुन प्रदेशमा को ?
प्रदेश १ : राजेश्वरमान सिंह
प्रदेश २ : यादव कोइराला
प्रदेश ३ : रेश्मीराज पाण्डे
प्रदेश ४ : लक्ष्मण अर्याल
प्रदेश ५ : शंकर पाठक
प्रदेश ६ : सुरेश प्रधान
प्रदेश ७ : लक्ष्मीराम पौडेल

प्रकाशित मिति: ११ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्