सोप मुखको दुर्गन्धको लागि मात्र चपाइदैन, यस्ता छन् उपचारात्मक फाइदा


 


खाना खाइसकेपछि हामि सोप चपाउँछौ । यो न धेरै स्वादिलो हुन्छ, न त बेस्वादिलो, न यसलाइ अघाउने गरि खाइन्छ । त्यसो भए सोप किन खाइन्छ त ? जानि राखौ

सामान्यतया खाना पचाउन, मुखको दुर्गन्ध हटाउनका लागि ।

तर सोपको त्यती मात्र फाईदा छैन । किनभने यो क्याल्सियम, सोडियम, आयर, पोटासियमको स्रोत पनि हो । खाना खाइसकेपछि सोप चपाउनुको खास फाइदा छ ।

१.सोपले कब्जियतको समस्या हुन दिदैन, यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा कब्जियतबाट राहत मिल्छ ।

२.सोपको सेवनद्धारा आँखाको रोशनी बढाउछ ।

३.पखाला लागेको बेला सोपको सेवन उत्तम मनिन्छ, सोपलाई बेलको गुदीसँग विहान वेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला रोक्छ ।

४.खोकीमा पनि सोप निकै उपयोगि मानिन्छ , सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

५.खानापछि सोप खानाले खाना राम्ररी पच्छ, सोपलाइ जिरा तथा कालो मरीचसँग मिलाएर चुर्ण बनाई खाँदायसले राम्रो पाचककोरुपमा काम गर्छ ।

६.पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई, भुटेको सोपलाई चपाएर खाएका यसले पेट सम्बन्धि समस्या नास गर्नुका सथै पेटको दुखाई कम गर्न मदत गर्छ ।

७.पेटबाट अमिलो पानी वा डकार आएमा पनि सोपको सेवन लाबदायक हुन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्त कम भएर जान्छ ।

८.घाँटी बसेमा होस् वा घाँटी पाछियमा, सोपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

९.दैनिक रुपमा सोपलाई चपाएर खानाले छालामा समेत चमक आउछ ।

१०.हात तथा खुट्टा पोल्ने समस्या भएमा पनि सोपको र धनियालाई बराबर मात्रामा मिलाएर त्यसका मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हात खुट्टा पोल्ने समस्या बिस्तारै कम भएर जान्छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्