जीतेन्द्रनारायण बने कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार


 


काठमाडौ, माघ १०
पर्यटन मन्त्री जीतेन्द्रनारायण देवलाई कांग्रेसले प्रदेश नम्बर २ बाट राष्ट्रिय सभा उम्मेदवार बनाएको छ ।

लामो समय कम्यनिुष्ट राजनीति गरेका देव २०६३ मा तत्कालीन मधेसी जनाधिकार फोरम प्रबेश गरेका थिए । फोरम फुटेपछि उनी विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए ।

पछिल्लो लामो समय फोरम लोकतान्त्रिक पर्टी कांग्रेसमा मिसिएको छ । कांग्रेसले सोही प्रदेशमा मुक्ताकुमारी यादवलाई महिला कोटाबाट सांसद बनाएको छ ।

प्रदेश दुईका बाँकी ४ सिटमा कांग्रेसले फोरम र राजपालाई सघाउने सहमति भएको छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्