कांग्रेस र मधेस केन्द्रीत दलले छाने राष्ट्रियसभाका उम्मेदवार, क–कसले पाए टिकट ?


 



काठमाडौं, माघ १०
राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार दर्ता गराउने दिनमै नेपाली कांग्रेस र राजपाले थप उम्मेदवार छनौट गरेको छ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका राधेश्याम अधिकारी र जितेन्द्र देवसहित थप ६ उम्मेदवार तय गरेको छ ।

जसअनुसार प्रदेश नम्वर १ मा खुलातर्फ रमेशजंग रायमाझी र महिलातर्फ सरिता प्रसाई, प्रदेश नम्बर २ बाट खुलातर्फ जीतेन्द्र नारायण देव र महिलातर्फ मुक्ताकुमारी यादवलाई टिकट दिएको छ ।

त्यस्तै, प्रदेश नम्वर ३ बाट राधेश्याम अधिकारीलाई खुलातर्फ र धना खतिवडालाई महिलातर्फ उम्मेदवार बनाएको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यका लागि वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वृषेशचन्द्र लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार बनेका हुन् । कांग्रेस र मधेसी गठबन्धनको भागवण्डामा प्रदेश २ मा तीन दलले २÷२ सिट लिने सहमति भएको थियो ।

यसैगरी प्रदेश २ मा संघीय समाजवादी फोरमले दलितमा रामपृत पासवान र महिलामा प्रमिला यादवलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्