सुनको मूल्य बढ्यो, कति छ हेर्नुहोस्


 


काठमाडौं, माघ १०
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज पनि यथावत नै छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्