कहिलेसम्म जारी रहन्छ मौसम बदली ?


 



काठमाडौं, माघ १०
देशका विभिन्न ठाउँमा आज मौसममा बदली भएको छ । बिहानैदेखि मौसममा बलदी हुँदा देशका सबैजसो भूभागमा प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान उज्यालो नहुँदैदेखि राजधानी काठमाडौंसहित अन्य धेरै स्थानमा वर्षा भएको छ भने मौसम पनि बदली आएको छ । पश्चिमी वायुको प्रभावले भएको मौसमी बदलीले अब केही दिन हिउँदे वर्षा हुने महाशाखाले जनाएको छ।

आज विशेष गरी राजधानी काठमाडौंसहित प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा बढी पानी परेको छ । केही जिल्लामा पसिना पनि परेको छ ।

डडेलधुरा, बझाङ, बाजुरालगायतका हिमाली र पहाडी जिल्लामा हिउँ परेको छ । यो पश्चिमी वायुको असर विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्