अन्ततः मधेस केन्द्रीत दलले गरे कांग्रेससंग तालमेल, यस्तो भयो सहमति


 


काठमाडौं, माघ १०
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि एमाले मोआबादी केन्द्रसहितको बामगठबन्धनसंग सहमतिको प्रयास गरेका मधेस केन्द्रीत दसई दलहरुले अन्तिममा कांग्रेससंग सहमति गरेका छन् ।

मधेस केन्द्रीत दलहरुले वाम गठबन्धनसँग सहमति नभएपछि कांग्रेससँग वार्ता गर्दै राष्ट्रियसभामा तालमेल गर्ने सहमति गरेका हुन् ।

कांग्रेस तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालका नेताबीच सहमति गर्ने विषयमा छलफल भएको थियो।

प्रदेश २ का ८ सिट मध्ये तीन दलले २÷२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरुबीच तालमेल भएपनि वाम गठबन्धनले एक सिट जित्नेछ ।

अन्य प्रदेशमा भने कांग्रेस र मधेस केन्द्रीत दललाई केही फाइने हुने देखिन्छ ।

प्रकाशित मिति: १० माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्