एमालेले टुंग्यायो राष्ट्रियसभाका लागि २९ उम्मेदवार (सूची सहित)


 


काठमाडौं, माघ ९

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ओली निजी निवास, बालकोटमा हिजोबाट सुरु भएको स्थायी कमिटीको ९६ औं बैठकले उम्मेदवारको नाम टुंग्याएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा देहायका प्रदेशहरुबाट देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ–

प्रदेश नं १

१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २

१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४

१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुावर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्