नेपालमा ७० प्रकारका औषधि खरिद गर्ने तयारी
काठमाडौ, माघ ९
स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गटन गरेको छ ।
मन्त्रालयअन्तरगतको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।
समितिले ७० प्रकारका औषधि स्वदेशमै उत्पादन गरी स्वदेश उत्पादकसँग मूल्य सम्झौता गरी खरिद गर्ने लगाएतका विषयमा अध्ययन गरी स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।
समितिले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा भएको ३० प्रकारका औषधि आयातमा कडाई गर्ने विषय कार्यान्वयन गर्ने, औषधि उत्पादनसँग सम्बन्धित सरकारका बिभिन्न विभागबाट प्रदान गरिने सेवाहरुको सरलीकरण गर्ने र औषधि उत्पादनक्षेत्र प्रावधान गर्न आवश्यक सुझाव समेत दिने छ ।
निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि खरिदमा सरकारले हरेक वर्ष डेढ अर्ब रुपैया खर्च गर्दै आएको छ ।
नेपालले भारत लगाएतका देशबाट औषधि खरिद गर्ने गरेको हो । नेपालमा हाल ५५ प्रतिशतका औषधि उत्पादन कम्पनी छन् ।
प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार