सान्चेज आर्सनल छोडी म्यान्चेस्टर युनाईटेडमा प्रवेश


 


काठमाडौ माघ ९
चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्लिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रबेश गरेका छन् ।
यसैगरी म्यान्चेस्टर यनाइटेडका अर्मेनियर मिडफिल्डर हेनरिक मख्तरीयन आर्सनल पुगेका छन् ।

सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा एङ्लिस फुटबलका  दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन् ।

दुवै क्लबले आफ्ना पूर्व खुलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्बागत गरेका छन् ।

आर्सनल सँगको करार अवधि सकिन लागेका बेला म्यान्चेस्टर युनाइैटेडले सुरुदेखि नै सान्चेजलाई भित्र्याउन खोजेको थियो ।
आर्सनलले भने यसका लागि म्यान्चेस्टर युनाईटेडका मख्तरीयान आफुले पाउनुपर्ने माग गरेको थियो ।

खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमति भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका हुन् ।

सान्चेजले म्यान्चेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने आर्सनलमा मख्तरीयानको जर्सी नम्बरको टुंगो लाग्न बाँकी छ ।
सान्चेज म्यानचस्टर युनाईटेडमा खेल्ने चिलीका पहिलो खेलाडी हु्न् ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्