विद्यालयलाई पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण


 


इलाम, माघ ९
पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका-१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ ।

सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक कार्यक्रममा एसएम्वोलका करिब एकलाख ५० हजार मूल्य पर्ने पाँचथान कम्प्युटर विद्यालयका प्रधानाध्यापक रघुवीर खड्कालाई हस्तान्तरण गर्नुभएको विद्यालयका लेखापाल अशोक पौडेलले जानकारी दिनुभयो ।

सो विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा शुरु गरेको छ । विद्यार्थीमा कम्प्युटर सिकाइप्रति आकर्षण बढ्दै गएको र आधुनिक शिक्षाका लागि पनि कम्प्युटर आवश्यक परेकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको समाजसेवी पौडेलले बताउनुभयो ।

विद्यालयले कम्प्युटर सञ्चालनका लागि सोलार सेटसमेत जडान गरेको छ ।

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्