यसपटक दियो एमालेले गायिका वलीलाई अवसर


 


काठमाडौं, माघ ९
एमाले अध्यक्ष केपी शर्मा वली निवास बालकोटस्थित बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र ७ का टुंगो लगाइएका उम्मेदवारहरुमा गायिका तथा कोमल वलीको नाम पनि अटाएको छ ।

उनलाई प्रदेश नम्बर ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । गायिका वली प्रतिनिधि तथा प्रदेशसभा निर्वाचतको केही समयअघि राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् ।

निर्वाचनका क्रममा एमालेबाट टिकट नपाएपछि उनी दाङ बागी उम्मेदवार समेत उठेकी छिन् । तर, उनले पछि उम्मेदवार फिर्ता लिएका थिइन् ।

गायिका तथा नेतृ वलीसहित एमालेले तीन प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।

 

यो पनि पढ्नुहोस्

एमालेले टुंग्यायो ५,६, र ७ नम्बर प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवार, को-को परे ? (सूची सहित)

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्