अवैध भारतीय नोटसहित एक पक्राउ


 


विराटनगर, माघ ९
आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा भद्रपुर–१ का ५० वर्षीय आनन्द मितल रहेको छ ।

उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ ।

पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: ९ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्