एमालेले टुंग्यायो ५,६, र ७ नम्बर प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवार, को-को परे ? (सूची सहित)


 


काठमाडौं, माघ ८

नेकपा (एमाले) स्थायी कमिटीको ९६ औं बैठक आज अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उहाको निजी निवास, बालकोटमा सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताका सन्दर्भमा भइरहेका प्रगतिबारे बैठकलाई जानकारी गराएका थिए ।

पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेको कुरामा विश्वस्त हुन आग्रह गर्दै ओलीले सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पुर्‍याउने गरी काम गर्न निर्देशित गरेका थिए ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफााँट गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

त्यस्तै ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ ।

इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा तीन प्रदेशमा देहायबमोजिम उम्मेदवार उठाउने निर्णय गरेको छ :

प्रदेश नं ७

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्