सपथ ग्रहणपछि के भन्छन् शेरधन राई ?


 


काठमाडौं, माघ ८
आइतबार १ नम्बर प्रदेशको प्रदेश सांसदहरुको सपथ ग्रहणस्थल विराटनगरको बीरेन्द्र सभागृहमा धेरैको आखाँ भोजपुरे सांसद शेरधन राई प्रति केन्द्रित थियो ।

आफ्ना साथिहरु सहित सपथ ग्रहणस्थल बीरेन्द्र सभा गृह पुग्दा भित्र रहेका अधिकाँस व्यक्तिहरु उनिसँग हात मिलाउन र उनलाई बधाई दिन आतुर थिए ।

कार्यक्रम स्थलमा उपस्थित एमाले सांसद र कार्यकर्ता मात्र होईन अन्य पार्टीका सांसद, कार्यकर्ता, उद्योगि व्यवसायी र बुद्धिजिबिहरुको पनि उनी आकर्षक व्यक्तित्व बन्न पुगेका थिए ।

दौरा सुरुवाल र टोपीमा सजिएर चिटिक्क देखिएकाले मात्र होईन एमालेबाट भावी मुख्य मन्त्रीका रुपमा चर्चामा आएका कारणले पनि आईतबारको कार्यक्रममा उनी प्रतिको आकर्षण ह्वात्तै बढेको थियो ।

सपथ ग्रहणस्थलमा उनिप्रतिको आकर्षण देखेर धेरैले उनलाई १ नं प्रदेशको भावी मन्त्री निश्चित जस्तै भएको संज्ञा समेत दिएका थिए ।

समाचार संकलन गर्न गएका सञ्चारकर्मी देखि लिएर सहभागि सांसदहरुले समेत उनलाई भावी मुख्यमन्त्रीको रुपमा जोडेर कुरा गरिरहेका थिए ।

त्यति मात्र होईन उनीसँग हात मिलाउने, कुरा गर्ने र फोटो खिच्ने व्यक्तिहरुको पनि कुनै कमि थिएन । कार्यक्रम स्थलमा उनी प्रतिको आकर्षण देख्दा उनी सांसद भन्दा पनि सेलिब्रेटी जस्तै लाग्थ्यो ।

नेपालकै इतिहासमा पहिलो पटक भएको प्रदेश सभाका सांसदहरुको सपथ ग्रहण कार्यक्रममा सांसद बाहेक, स्थानीय बुद्धिजिबी, उद्योगी व्यवसायी, कर्मचारी, प्रशासन प्रमुख मात्र होईन आसपसाका क्षेत्रबाट सर्वसाधारण व्यक्तिहरुको समेत उल्लेखनीय सहभागिता थियो ।

अधिकांश सासदहरु सपथ ग्रहण स्थलमा आफ्ना परिवारका सदस्यहरु सहित पुगेका थिए । सभा गृह भित्र बसाईको व्यवस्था पनि सोही अनुसार मिलाइएको थियो ।

सभागृह भित्र पूर्व पटीको पहिलो १० वटा रो मा प्रदेश सभाका सांसदहरु, त्यो भन्दा पछि सांसदहरुका परिवारका सदस्यहरु, पश्चिम पटीको रो मा अगाडि पटी प्रतिनिधि सभाका सांसद, पूर्व सांसद, प्रमुख प्रशासकहरु ताथ पछाडि पटी सञ्चारकर्मी र सर्वसाधारणलाई बस्ने व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्