सुनको मूल्य बढ्यो, कति छ हेर्नुहोस्


 



काठमाडौं, माघ ८
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज यथावत नै छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्