अब जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने


 


काठमाडौं, माघ ८
अब बैंकमा रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने झण्झटबाट निक्षेपकर्ता मुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तिय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएसँगै निक्षेपकता यस्तो झण्झटबाट मुक्त भएका हुन् ।

यसबाट बैंकिङ सेवा तथा कारोबार थप सरल तथा सहज बन्ने विश्वास गरिएको छ । हाल सञ्चालमा भरहेका २८ वटा वाणिज्य बैंक, ३९ विकास बैंक र २७ वटा वित्त कम्पनीका करिब ३ हजार २ सय ३० वटा शाखाबाट आफ्नो खाता भएका जुनसुकै बैंक तथा वित्तिय संस्थामा रकम राख्न पाउने छन् ।

ग्राहकले यसरी रकम जम्मा गर्न पाए पनि झिक्न भने आफ्नै खाता भएको बैंकका शाखा तथा एटीएमको सहाायताबाट मात्र पाउनेछन् । केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दे यो सुविधा कार्यान्वयनमा ल्याएको हो । अभियान दैनिक

प्रकाशित मिति: ८ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्