पाँच नम्बर प्रदेशको संसदीय दलको नेतामा शंकर पोखरेल चयन


 


काठमाडौं, माघ ७
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एंव प्रदेश सभामा दाङ क्षेत्र नं २ क बाट निर्वाचित सांसद शंकर पोखरेल प्रदेश संसदका लागि एमाले संसदीय दलको नेता चुनिएका छन् ।

५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनियताको सपथ लिएपछि बसेको दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो । यसअघि नै पोखरले ५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने सहमति थियो ।

५ नम्बर प्रदेशको केन्द्र दाङ हुने समेत पोखरेलले बताएका छन् । पोखरेल २० हजार ७२३ मत ल्याउँदै दाङ क्षेत्र नं २ को क बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्