सुनचाँदीको मूल्य कति छ आज ?


 


काठमाडौं, माघ ७
आज साताको पहिलो दिन आईतबार नेपाली बजारमा पहेलो धातु अर्थात सुनको मूल्यमा कुनै थपघट भएको छैन् ।

सुन आज पनि हिजो (शुक्रबार ) कै मूल्यमा कारोबार भईरहेको छ । आज सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (शुक्रबार) पनि सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज कुनै थपघट भएको छैन् । चाँदी आजपनि शुक्रबार कै मूल्य सात सय ५० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्