सातै प्रदेशमा खटिए सचिव, कुन प्रदेशमा को ?


 



काठमाडौं, माघ ७

सरकारले सातवतै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी हुन् । नागरिकमा खबर छ ।

समाचार अनुसार प्रदेश १ मा रामकृष्ण हुमागाईँ, २ मा लावण्यकुमार खनाल, ३ मा चतुर्भुज ज्ञवाली र ४ मा देवीप्रसाद ज्ञवालीलाई खटाइएको छ । यस्तै प्रदेश ५ मा सनदकुमार दवाडी, ६ मा भरतबहादुर ढुंगाना र ७ मा युवराज सुवेदी खटिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले एउटा प्रदेशमा १३ कर्मचारीका दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी खटाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन् ।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्