ओली–दाहालबीच कार्यदिशामा सहमति, यस्तो बन्यो एकीकृत पार्टीको कार्यदिशा


 


काठमाडौं, माघ ७

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको कार्यदिशामा समझदारी जुटेको छ।

दुवै पार्टीले अंगीकार गर्दै आएको सिद्धान्त र भूमिकालाई स्विकार्दै शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक न्याय, समानतासहितको समाजवादलाई कार्यदिशा बनाउन ओली-दाहाल सहमत भएका हुन्। तर, त्यसको संश्लेषण गर्न भने कार्यदल बनाइने भएको छ। अन्नपूर्णमा खबर छ ।

सोही समझदारीका आधारमा आइतबार दिउँसो बस्ने एकता संयोजन समितिको बैठकले वैचारिक(राजनीतिक पक्षको ‘डकुमेन्टेसनु का लागि कार्यदल बनाउनेछ। एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जानुअघि नै वैचारिक र संगठनात्मक मोडालिटी तयार पार्न कार्यदल गठन गर्ने तयारी थियो।

तर, एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने र त्यसलाई दस्ताबेजीकरण गर्नका लागि मात्र कार्यदललाई जिम्मा दिने समझदारीका आधारमा शुक्रबार र शनिबार ओली(दाहाल छलफलमा जुटेका हुन्।

कार्यदिशामा सहमति जुटेको खुलासा माओवादी अध्यक्ष दाहालले शनिबार नै पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रममा गरेका थिए। माओवादी केन्द्रले अहिलेसम्म माओवाद र एक्काइसौं शताब्दीको जनवाद तथा एमालेले बहुदलीय जनवाद मान्दै आएको थियो।

एकताका सन्दर्भमा अब यी विषय तगारो नबन्ने नेताहरूले बताएका छन्। इतिहासको मूल्यांकनका सन्दर्भमा ओली-दाहालबीचको भेटमा संसदीय संघर्षमा एमाले हुँदैनथ्यो भने माओवादीलाई र माओवादीको सशस्त्र संघर्ष नभएको भए एमालेलाई संसदीय मोर्चामा भूमिका निर्वाह गर्न गाह्रो हुने निष्कर्षका साथ दुवैको भूमिका एकअर्कामा परिपूरकका रूपमा रहेको स्विकारेर जाने समझदारीमा दुई अध्यक्ष पुगेका हुन्।

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्