मिचिएको सीमा क्षेत्रमा अखिलको टोली, यस्तो छ तयारी


 


काठमाडौँ, माघ ७

टोली भारतबाट मिचिएको भनिएको सीमाक्षेत्र वीरगञ्ज महानगरपालिका–१ छप्कैयातर्फ गएको छ ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाको नेतृत्वमा टोली भारतीय पक्षले सीमा मिचिएको उक्त क्षेत्रमा गएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिनुभयो ।

टोलीले स्थानीयवासीसँग भेट गरी वास्तविक कति सीमाक्षेत्र भारतीय पक्षबाट मिचिएको छ भन्ने पत्ता लगाई सोही ठाउँमा विरोध प्रदर्शनसमेत गर्ने भएको अध्यक्ष लामाले बताउनुभयो ।

अध्यक्ष लामासहित उपाध्यक्ष सुनित बराल, सचिव आरती लामासहितको १० जनाको टोली गएको हो । भारतीय पक्षले उक्त ठाउँमा ५० बिगाहा सीमा मिचेको भन्दै देशभरि नै प्रदर्शन गरिएको छ । रासस

प्रकाशित मिति: ७ माघ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्