सुमोको ठक्करबाट २७ वर्षीया युवतीको मृत्यु


 


काठमाडौँ, माघ ६

स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।

गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिनुभयो । टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: ६ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्