विरामीलाई अर्कै समूहको रगत दिएपछि, युवतीको बेहाल


 



बाँके, माघ ६
भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ ।

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएपनि उनका दुबै मिर्गौलाले काम गर्न छाडेको छ ।

रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, सो अस्पतालमा उपचार सम्भव भएको छैन । उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ ।

भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् ।
चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ६ माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्