कति छ आज सुनचाँदीको मूल्य ?


 


काठमाडौं, माघ ५
नेपाली बजारमा आज साताको अन्तिम दिन (शुक्रबार) पहेलो धातु अर्थात सुनको मूल्यमा कुनै थपघट भएको छैन् ।

सुन आज पनि प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि सुन ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज ५ रुपैयाका दरले फेरी घटेको छ । चाँदी आज सात सय ५० रुपैयामा कारोबार भईरहेको छ । हिजो चाँदी सात सय ५५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्