अस्थायी राजधानी नै स्थायी हुने, यस्तो छ संवैधानिक व्यवस्था


 



काठमाडौं, माघ ५
सरकारले बुधबार तोकेका अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको धारा २८८ उपधारा २० मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।

यसबाट प्रदेश संसद्को दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ। हाल विवादमा रहेका १, २, ५ र ७ नम्बर प्रदेशमा स्थायी राजधानी तोक्न दुईतिहाइ बहुमत पुग्ने स्थिति देखिएको छैन ।

दुईतिहाइ बहुमत नपुग्दासम्म हाल सरकारले तोकेका अस्थायी राजधानी नै लामो समयसम्म स्थायी राजधानीसरह कायम हुने अवस्था छ । नागरिकमा खबर छ ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्