यस्तो बन्यो प्रदेश मन्त्रालयको प्रस्तावित खाका, कुन मन्त्रालयलाई कस्तो जिम्मेवारी ?


 


काठमाडौं, माघ ५

सरकारले प्रदेश प्रमुख तोकिसकेको छ । अब प्रदेश प्रमुखले सपथ ग्रहण गरिसकेपछि आफ्नो प्रदेशका प्रदेशसभा सदस्यलाई सथपग्रहण गराउने छन् । त्यसपश्चात प्रदेश सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

यो प्रक्रिया सुरु हुँदै गर्दा प्रदेशस्तरमा हुने मन्त्रालय र मातहतमा हुने कार्यलय र जिम्मेवारीको खाका पनि बनाइएको छ ।

प्रदेशमा सात वटा मन्त्रालय रहने प्रस्ताव गरिएको छ । प्रस्तावित खाका मन्त्रिपरिषद्बाट स्वीकृत हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तो छ प्रस्तावित खाका

सात वटा मन्त्रालय,

विभिन्न विभाग,

मन्त्रालय मातहतका विभिन्न प्रादेशिक कार्यालय,

प्रादेशिकस्तरका सार्वजनिक संस्थान,

विकास समिति,

हालका क्षेत्रीय अस्पताल,

प्रदेश लोकसेवा

अञ्चल अस्पताल,

प्रदेश राजस्व कार्यालय,

प्रदेश वन मन्त्रालय

जनस्वास्थ्य कार्यालय,

प्रदेश प्रहरी,

विभिन्न विकासे कार्यालय तथा परियोजना

प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय :

प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्रीको कार्यालय प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, प्रदेश कर्मचारी व्यवस्थापनसहित २९ वटा जिम्मेवारी

प्रदेश गृह मन्त्रालय :

शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो, विपद् व्यवस्थापन र द्वन्द्व व्यवस्थापनलगायत ४४ वटा जिम्मेवारी

प्रदेश अर्थ मन्त्रालय :

अर्थ, योजना, तथ्यांक, वित्तीय संस्था सञ्चालन, उद्योग, वाणिज्य, आपूर्ति, पर्यटन र श्रम लगायत ६८ वटा जिम्मेवारी

प्रदेश पूर्वाधार विकास मन्त्रालय :

सडक, खानेपानी, जलस्रोत, ऊर्जा, सिँचाइ र यातायातलगायत २३ वटा जिम्मेवारी

प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालय :

कृषि, पशुपक्षी, भूमि व्यवस्था, गुठी, सहकारी, र गरिबी निवारणलगायत ३६ वटा जिम्मेवारी

प्रदेश वन विज्ञान वातावरण मन्त्रालाय :

वन, विज्ञान, वातावरण र जलवायु परिवर्तनलगायत ३२ वटा जिम्मेवारी निर्धारण

प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय :

शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा, तथा खेलकुद, रोजगारी, सामाजिक सुरक्षा, भाषा, संस्कृतिलगायत ६० वटा जिम्मेवारी

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्