प्रदेश प्रमुखको शपथग्रहण आज, यस्तो हुँदैछ तयारी


 



काठमाडौं, माघ ५
देशका सातवटै प्रदेशका प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ ।

आज अपरान्ह ४ बजेसम्ममा राष्ट्रपति कार्यालयमा प्रदेश प्रमुखले शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेअनुसार आज प्रदेश प्रमुखले शपथ लिन लागेका हुन् । हिजो सार्वजनिक बिदा परेका कारण शपथग्रहण हुन सकेको थिएन ।

प्रदेश प्रमुखले शपथग्रहण गरेपछि लगत्तै निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति: ५ माघ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्