आन्दोलनकारीले दिए जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनी


 



दाङ, माघ ४
सरकारले ५ नं प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोकेपछि दाङका आन्दोलनकारीले राष्ट्रिय सभाको निर्वाचन विथोल्ने गरि जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनी दिएका छन् ।

दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै आन्दोलन भइरहेका बेला सरकारले रुपन्देही अस्थायी राजधानी तोकेपछि आन्दोलनकारीले यस्तो चेतावनी दिएका हुन् ।

राजधानी सरोकार समितिले जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारको निर्णयको विरोधमा घरघरमा कालो झण्डा राख्ने, अस्पताल बाहेक सबै कार्यालय बन्द गर्ने, एम्बुलेन्स सञ्चालनमा पनि कडाई गर्नेलगायतका कार्यक्रम छन् ।

आन्दोनकारीले माघ ४ लाई कालो दिन घोषणा राष्ट्रिय सभाको निर्वाचन विथोल्ने गरेर जनप्रतिनिधिहरुलाई बन्धक बनाउने चेतावनी दिएका छन् ।

आन्दोलनकारीले सकारका प्रतिनिधिलाई दाङ प्रवेशमा रोक लगाउनुका साथै सरकारलाई कर नतिर्नेसम्मका चेतावनी दिएका छन् ।

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्