सुनको भाउ घट्यो, कतिमा झर्यो ? हेर्नुहोस्


 


काठमाडौं, माघ ४
नेपाली बजारमा आज पहेलो धातु अर्थात सुनको मूल्य चार सय रुपैयाँका दरले फेरी घटेको छ ।

सुन आज प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि आज ५ रुपैयाका दरले घटेको छ । चाँदी आज सात सय ५५ रुपैयामा कारोबार भईरहेको छ । हिजो चाँदी सात सय ६० रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्