एन्फा अध्यक्षमा मिलन निर्वाचित


 



कास्की, माघ ४
जिल्ला फुटबल संघ (एन्फा) कास्कीको अध्यक्षमा मिलन गुरुङ निर्वाचित भएका छन् । सातौँ अधिवेशनबाट मिलन प्रतिद्वन्द्वी शीव गुरुङलाई आठ मतले पराजित गर्दै आगामी चार वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

मिलनले १३ मत प्राप्त गरेका भने शीवले ५ मत मात्रै पाए । यसैगरी उपाध्यक्षमा सुरेन गुरुङ, विश्व तण्डुकार र ईश्वर गुरुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा पुष्प बराल, राधा गुरुङ, सुशीलकुमार श्रेष्ठ, मित्रबहादुर कुँवर, सचिनजंग थापा, बुद्धिबहादुर क्षत्री, हिटलर घले, रामकृष्ण बास्तोला र इन्द्रबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।

सचिव र कोषाध्यक्ष भने कार्यसमितिको पहिलो बैठकले मनोनयन गरिने छ । नयाँ नेतृत्व आएसँगै दुईवर्षदेखि स्थगित रहेको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगितालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएको छ ।

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्