घुस माग्नेविरुद्ध अदालतमा आरोप पत्र


 


काठमाडौँ, माघ ४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग गर्ने सुपरभाइजर दिनेश थापाविरुद्ध आरोप पत्र दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, पाँचखाल, काभ्रेमा कार्यरत सुपरभाइजर थापाले थ्रि फेज लाइन जडान गर्ने प्रयोजनको लागि रु २५ हजार घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले आज जरिवाना र कैद सजाय मागदाबी गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । रासस

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्