अधिकांश जिल्लास्तरीय सरकारी कार्यालय खारेज हुँदै, कुन–कुन हुन् ?


 


काठमाडौ, माघ ४
आगामी चैत्र भित्रै अधिकांश जिल्लास्तरीय सरकारी कार्यालय खारेज हुने भएका छन् । चैत्र २८ गते भित्रै कार्यालय खारेज गर्न आवश्यक तयारीसमेत भइरहेको छ ।

खारेज हुने कार्यालयले सम्पत्ति, कर्मचारीलगायत विवरण संकलन गर्ने काम गरिरहेको मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ अनुसार कार्यालय खारेज हुन लागेका हुन् । खारेज हुन लागेको जिल्लास्तरीय कार्यालयले गर्ने काम स्थानीय तहको क्षेत्राधिकारभित्र परेको छ । नयाँ पत्रिकामा खबर छ ।

कुन–कुन कार्यालय हुँदैछन् खारेज ?

-जिल्ला प्राविधिक कार्यालय

-जिल्ला कृषि विकास कार्यालय

-जिल्ला पशुसेवा कार्यालय

-जिल्ला घरेलु तथा साना उद्योग कार्यालय र विकास समिति

-जिल्ला भू–संरक्षण कार्यालय

-जिल्ला शिक्षा कार्यालय

-जिल्ला तथ्यांक कार्यालय

-जिल्ला पर्यटन कार्यालय

-जिल्ला भूमिसुधार कार्यालय

-जिल्ला महिला तथा बालबालिका कार्यालय

-जिल्लाका सबै विकास समितिहरू

-जिल्लाका सबै प्रतिष्ठान र परियोजना

प्रकाशित मिति: ४ माघ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्