फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ नयाँ मूल्य


 


काठमाडौं, माघ ३
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल,मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई दुई रूपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०३ रूपैयाँ पर्नेछ।

डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१. ८१ रुपैयाँ पुगेको छ । स्वचालित मुल्य प्रणाली अनुसार मुल्य समायोजन गरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन ।

पेट्रोलियम पदार्थ आयातमा निगमलाई अहिले १९ करोड घाटा छ । निगमले यसअघि पुस १८ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्