सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी केन्द्र, कुन प्रदेशमा को ?


 


काठमाडौ, माघ ३
निकै लामो समयपछि बुधबारको मन्त्रिपरिषद् बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ ।

कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

त्यस्तै प्रदेश प्रमुखहरु पनि तोकिएका छन् । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन्।

त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ तोकिएका छन् । प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला प्रमुखमा तोकिएकी छन् ।

साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा प्रमुखमा तोकिएका छन् । प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका हुन् ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्