सल्यानमा ३३ करोडको सुन्तला उत्पादन


 


सल्यान, माघ ३
सल्यान जिल्लामा यस वर्ष ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षको भन्दा यो वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट सात हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

गत वर्ष जिल्लामा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो । करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । उत्पादित सुन्तलालाई बिक्री गर्न कुने समस्या नभएको कृषकले बताएका छन् ।

उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्