बैतडीमा मेयरकप क्रिकेट प्रतियोगिता सुरु


 


बैतडी, माघ ३
शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता-२०७४ सुरु भएको छ ।

प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका-२ देहिमाडौँ र वडा नं ११ नागार्जुनबीच हुने भएको छ ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका-१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन  प्रतियोगितामा टी ट्वान्टी फरम्याटमा हुने जनाइएको छ ।

यही माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार ३० हजार नगद र ‘म्यान अफ द सिरिज’ एक जनालाई पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।

मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनाका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । रासस

 

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्