राजधानी माग गर्दै विहानैदेखि ठाउँ–ठाउँमा बन्द, सरकारलाई गम्भीर चेतावनी


 



काठमाडौं, माघ ३
प्रदेश राजधानी माग गर्दै आज विहानैदेखि देशका विभिन्न ठाउँमा आन्दोलन सरु भएका छन् । अर्कै ठाउँमा प्रदेश राजधानी तोकिन लागिएको संकेत पाएपछि आज विहानैदेखि डोटी र दाङका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश नम्बर ५ को राजधानी दाङमा बनाउनुपर्ने भन्दै आज विहानैदेखि अनिश्चितकालिन बन्द घोषणा गरिएको छ । प्रदेश राजधानी बुटवललाई बनाउन लागिएको भन्दै दाङमा आन्दोलन सुरु भएको हो ।

बन्दले बिहानैदेखि घोराही, तुलसीपुर, लमही, भालुबाङ, बिजौरीमा प्रदर्शन गरिरहेको भने ठाउँमा टायर बालिएका छन् । पूर्वपश्चिम राजमार्ग पनि ठप्प भएको छ । जिल्ला पूर्ण रुपमा बन्द भएको छ ।

यस्तै, ७ नम्बर प्रदेशको राजधानी दिपायलमा तोकिनुपर्ने माग गर्दै यसअघि आन्दोलन गरेर स्थगित भएको आन्दोलन पुनः चर्केको छ । आज विहान ७ बजेदेखि बेलुका ५ बजेसम्मका लाग बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय पूर्णरुपमा बन्द गरिएका छन् ।

डोटीबासीले दिपायलबाहेक अन्यत्र प्रदेश राजधानी सारिए जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता सरकारलाई फिर्ता गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्