आज हुन्छ त प्रदेश प्रमुख र अस्थायी राजधानीको सिफारिस ?


 



काठमाडौं, माघ ३
प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे दलहरुबीच सहमती हुन नसक्दा हिजो स्थगित भएको मन्त्रिपरिषद बैठक आज पुनः बस्दैछ । आज पनि सोही विषयमा सहमती जुटाएर निर्णय लिन बिहान ९ बजे बैठक बोलाइएको छ ।

माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेरहेको छ। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ।

यसअघि सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेपछि बामगठबन्धनले विरोध गरेको थियो । यसकारण सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा दलहरुको सहमती खोजिरहेको छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्