सीमास्तम्भ गाड्दा ५० विगाह जमिन भारतमा, के भन्छन् नेपाली अधिकारी ?


 


काठमाडौं, माघ ३
नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिकाको झण्डै ५० विगाह जमिन भारतर्फ पर्न गएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १२ स्थानीयको करिब ५० बिघा नम्बरी जग्गा नै भारतमा मिसिएको हो।

नेपाल भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दगशजा क्षेत्रमा पिलरको मर्मत र निर्माण गर्ने क्रममा स्थानीय रविन्द्र महतो कोइरी, महावीर दास, बद्री साह, नेमी साह, असर्फी साह कानुसहित १२ नेपालीको गरेर करिब ५० बिघा नम्बरी जग्गा, नयाँ पिलर निर्माणपछि भारत तर्फ पर्न गएको हो।

३९२ नम्बरको जङगे पिल्लर अन्तर्गतका २९ वटा सहायक पिलर मध्ये १२ वटा पिलर स्थानीयको लालपूर्जा भएकै जग्गामा परेको छ। नेपाल भारतको सीमा व्यावस्थापनका लागि सन् १८४० मा दुवै देशबीच भएको सुगौली सन्धिमा उल्लेख गरिएको सीमा नक्शाको आधारमा अहिले पिलर निर्माण भइरहेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ को छपकैयामा पर्ने जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९ ,१० , २७ र २८ नम्बरको सहायक पिलर नेपाल तर्फ परेपछि स्थानीयले बर्षौदेखि भोग चलन गर्दै आएको करिब ५० बिघा नेपाली भूमी भारततर्फ पर्न गएको हो।

नेपाल सरकारले पुस्तौदेखि भोगचलन गर्दै आएको नम्बरी जग्गामै पिलर गाडेकाले आफूहरुले मालपोत कर समेत तिरेर भोगचलन गर्दै आएको जग्गा गुमाउनु पर्ने अवस्था आएकोपीडित जग्गधनीहरुको गुनासो छ ।

नेपाल–भारत सीमा सर्वेक्षण टोलीका अधिकारीले भने स्थानीयले कुरा नबुझेका कारण समस्या आएको बताएका छन् । नेपाल भारत सीमा सर्वेक्षण टोलीका टिम लिडर एवं प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले स्थानीयले प्राविधिक कुराहरू नबुझेका कारण स्तम्भ निर्माणका क्रममा समस्या देखिएको बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्