घुससहित इन्जिनियर पक्राउ


 


काठमाडौं, माघ ३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै आयोगले आजै यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसँग घुस माग्दा माग्दै उनीहरू केही दिन पहिले घुस रकम रु ३० हजारसहित पक्राउ परेका थिए ।

उनीहरूको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए । उनीहरूलाई हदैसम्मकोे कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्