नेपालमा अब बिजुली ‘ओभर’ ! भारतलाई बेच्ने तयारी


 



काठमाडौं, माघ ३
नेपाला अब अर्को वर्षदेखि बिजुली बचत हुने भएको छ । सन् २०१९ को वर्षदेखि बिजुली बेच्नुपर्ने अवस्था रहेको राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययन देखाएको छ । तर हिउँदमा भने किन्नैपर्ने आयात गर्नुपर्ने छ ।

आगामी वर्षदेखि नेपालमा वर्षातको समयमा विद्युत् बचत हुनेछ । सन् २०१८/१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो ।

तथ्यांकअनुसार अर्को वर्षदेखि नै वर्षायाम वैशाखदेखि मंसिरसम्ममा विद्युत् मागको तुलनामा आपूर्ति बढी हुने देखिन्छ । आयोगले वर्षायाममा बढी हुने विद्युत् ऊर्जा बैंक मोडेलमा भारतलाई दिई सुक्खायाममा नेपाललाई नै उपलब्ध हुने व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ ।

तर, सुक्खा समय पुसदेखि चैतसम्म विद्युत् शक्ति र ऊर्जा दुवै हिसाबले मागको तुलनामा विद्युत् आपूर्ति हुन नसक्ने देखिएको छ । त्यसैले नयाँ जलाशययुक्त आयोजनाको निर्माण अपरिहार्य रहेको उल्लेख छ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्