३३ केजी सुन तस्करी घटनाका फरार अभियुक्त पक्राउ


 


काठमाडौ, माघ ३
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०७३ फागुन २२ गते जिल्ला अदालत समक्ष अभियोग पत्रसहित पेश गरेकामा गोयल फरार रहेका थिए ।

गैरीधारा बस्ने गोयल विशालबजारमा रहेको सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत हुन् ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्