​दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद बन्न नपाउने


 


काठमाडौ, माघ २
चार नम्बर प्रदेशको मनाङ ख बाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ उर्फ दिपम मनाङेलाई सर्वाेच्च अदालतले पाँच वर्ष जेल सजाय सदर गरेको छ ।

अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा जिते पनि सांसद बन्न नपाउने भएका छन् । सर्वाेच्चले जेल सजाय सदर गरेसँगै मनाङेको माननीय पद समेत गुम्ने भएको छ ।

स्वतन्त्र उम्मेदवार उनले मनाङ ख मा १४१० मत प्राप्त गरी प्रदेश सभामा निर्वाचित भएका थिए । उनका प्रतिद्धन्द्धी काग्रेसका कर्म गुरुङले १०२० मत प्राप्त गरेका थिए ।

न्यायाधीश दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि पुनरावेदन अदालत पाटन गरेको निर्णयलाई सदर गरेको हो ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो ।

जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

त्यही मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको ठहर गर्दै मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो ।

मनाङ्गेसँगै मुद्दमा जोडिएका रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई भने सफाइ दिएको थियो । ०७० जेठ १० गते सर्वोच्चमा पुनरावेदनका लागि दर्ता भएको फौसलालाई सर्वोच्चले आज सदर गरेको हो ।

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्