आज पनि देउवाले मन्त्रिपरिषद् बैठक सारे, यस्तो रहेछ कारण


 


काठमाडौं, माघ २
आज दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्दै थियो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि बिहान ९ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

स्रोतका अनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सत्तारुढ दलकै मन्त्रीहरुका कारण आजको बैठक स्थगित भएको हो । खासगरी ५ र ७ नम्बर प्रदेशको राजधानी तोक्ने विषय विवादित बनेको छ ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवल र दाङबीच विवाद छ भने ७ को दिपायल, धनगढी र महेन्द्रनगरबीच विवाद कायमै छ ।

यी दुई प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा कांग्रेस नेताकै स्वार्थ बाझिएपछि आजको मन्त्रिपरिषद बैठक स्थगित भएको हो

प्रकाशित मिति: २ माघ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्