प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला
काठमाडौं, माघ २
मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ) का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् ।
चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
शृङ्लाबद्ध रुपमा फैलिएको प्लेगको संक्रणले महामारीको रुप लिएपछि यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ ।
अहिलेसम्म मुसाको कारण प्लेगको संक्रमण फैलिएको बताइदै आईए पनि पछिल्लो खोजले यसलाई चुनौती दिएको छ ।
युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताले प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा रहेको अनुमान छ ।
यो रोग लागेपछि मुसाहरुले यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारेको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए ।
महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो ।
चौधौं शताब्दीमा मात्रै २ करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औं शताब्दीसम्म शृङ्लाबद्ध रुपमा फैलिएको थियो ।
यसले गर्दा समग्रमा सात करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ । एजेन्सी
प्रकाशित मिति: २ माघ २०७४, मंगलबार